एभरेष्ट नेटवर्क प्रा.लि.काे फाईवर शुभकालिकामा

कालिकोट, जिल्लाकाे शुभकालिका गाउँपालिका मा एभरेष्ट नेटवर्ककाे फाईवरकाे तार पाेलमा बिछ्उने कामभईरहेकाे छ। शुभकालिका गाउँपालिकाकाे पहल र एभरेष्ट नेटवर्क प्रा . लि.दैलेखकाे सहयोगमा शुक्रबार एक कार्यक्रमका बिच फाईवर नेटवर्ककाे तारलाईन गाउँपालिका सम्म पुराउने उधेश्यले काम धमाधम शुरु गरिएकाे छ ।

जिल्लाकाे खाँडाचक्रर नगर पालिका वडा नं ४ ताडी हुदै गाउँपालिका सम्म एभरेष्टकाे फाईवर तार पाेलमा बिछ्याउने काम भईरहेकाे एभरेष्ट नेटवर्क प्रा. लि. कालिकोट शाखा प्रमुख लाेकेन्द्र बहादुर शाहीले जान्कारी दिनुभयाे ।

अब शुभकालिका गाउँपालिकाकाे वडा नं ४ र ५ काे गाउँ बस्तीमा एभरेष्ट नेटवर्ककाे फाईवर आफ्नो घरमा जडान गरि चलाउन सजिलो  भएकाे स्थानीय ऐन बहादुर शाहीले बताउनुभएकाे छ । उक्त कार्यक्रममा बाेल्दै शुभकालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीले भन्नू भयाे गाउँपालिकाकाे वडा नं ५ भरी  एभरेष्ट  नेटवर्ककाे फाईवर घर घरमा जाेडने पहल गर्ने समेत वडा अध्यक्षले बताउनु भयाे ।

अबकाे एक हप्तामा एभरेष्ट नेटवर्ककाे फाईवर मज्जाले घरमै जडान गरि चलाएर बस्न सकिने शाहीले बताउनु भयाे ।