दिर्घ बहादुर शाही”कवि”को खस भाषामा गजल

 

कालीकाेट ,गजल

मार्सी यार्सा टिमुर फल्या गडो छ हाम्मा गाउँमा
देशकन नाम चिनाउन्या चडो छ हाम्मा गाउँमा

आफ्ना गडा बाझा राखी उदै बाइजादो छ
तराई हरियो गर्न्या छहडो छ हाम्मा गाउँमा

कागुनो र चिनु फल्लो फापर अनि कोद्य्या
गहुँ जौ मकै झनै फल्या धडो छ हाम्मा गाउँमा

हेर्‍या पछी सुख्खा लाग्दा ती पहाडका ढुङ्गा
सिलाजित टप्लका चुइन्या पहडो छ हाम्मा गाउँमा

साठी नाघ्या एकसट्ठीका गाउँका बुढापाका
अझै पनि कुन्टल बोक्न्या तडो छ हाम्मा गाउँमा