
कालीकाेट,जिल्लाकाे शुभकालिका गाउँपालिका बालसंजालकाे पहिलो गाेष्ठी सम्पन्न भएकाे छ । बिनाेद आचार्यकाे अध्यक्षतामा शनिबार एक कार्यक्रमका बिच पालिका स्तरीय गाेष्ठि गरिएको हाे ।
बालबालिकाले पाउने सामाजिक सुरक्षा सेवाहरुकाे अवस्था अवराेध बाधा हरु र सामाधानका उपायाहरु सम्बन्धि उक्त गाेष्ठी मा छलफल गरिएको थियाे । उक्त कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं ५ का वडा सदस्य जनक बहादुर शाहीकाे प्रमुख आतिथ्यता किर्डाक नेपाल कालिकोटका जिल्ला संयाेजक तुला राम पाण्डेकाे विशेष आतिथ्यता र शुभकालिका गाउँपालिका सामाजिक सुरक्षा शाखा प्रमुख गाेपिचन्द्र तिमिल्सिना ,पत्रकार वडा नं १ देखि वडा नं ८ सम्मका बालसंजालका प्रतिनिधि हरुकाे सहभागीतामा कार्यक्रम भएकाे थियाे ।
उक्त कार्यक्रम लाई समन्वय शुभकालिका गाउँपालिकाले गरेकाे थियाे भने सहयोग सेभ्द चिल्ड्रेन र सहजिकरण किर्डाक नेपाल कालिकोटकाे रहेको थियाे ।कार्यक्रममा बाेल्दै शुभकालिका गाउँपालिका सामाजिक सुरक्षा शाखा प्रमुख गाेपिचन्द्र तिमिल्सिनाले भन्नुभयाे सरकारी निकायबाट बालबालिकालाई प्रदान गरिने सेवा र सुविधाहरूकाे बारेमा प्रस्ट पार्नु भएकाे थियाे । उक्त कार्यक्रममा सरकारी निकायबाट प्रदान गरिने सेवा सुविधाहरूमा भएको अन्तर सेवामा पहुँच स्थापनाका लागि जिल्ला संयाेजक पाण्डे सहभागी हरुलाई जान्कारी दिनुभएको थियाे ।


कर्णाली देउडा । ३ चैत्र २०८०, शनिबार १७:३१