
कालीकाेट, जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नं ३ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीकाे शुक्रबार एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

विद्यालयका प्रधाना ध्यापक तुलाराम धितालको सभा अध्यक्षता र गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीकाे प्रमुख आतिथ्यता वडा नं ३ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीकाे विशेष आतिथ्यता सम्पूर्ण शिक्षक,शिक्षिका हरुकाे सहभागीता मा कक्षा १० मा अध्यानरत बिद्यार्थी लाई फेरिभेटाैला कार्यक्रम गरि बिदाई गरिएको छ ।
बिद्यार्थी हरुकाे उज्ज्वल भबिस्यकाेकामना गर्दै गाउँपालिकाकि उपाध्यक्ष शाहीले भन्नू भयाे हरेक क्षेत्रमा उक्त विद्यालयले राम्रो नतिजा ल्यायकाे र यसपालिको माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) मा राम्रो नतिजा ल्याउन र वर्ष भरिएको मेहनत पाेख्न आग्रह गर्नु भएकाे छ । कक्षा १० का बिद्यार्थी हरु लाई उज्ज्वल भविष्यकाे कामना ग्रर्दै शुभकामना समेत दिनु भएकाे छ ।

साथै गाउँपालिका उपाध्यक्ष शाहीले आजै श्री कालिका माध्यमिक विद्यालय शुभकालिका गाउँपालिका वडा नं २ र श्री जनज्योति माध्यमिक बिद्यालय वडा ३ मा वार्षिक परिक्षाकाे अनुगमन गर्नुभएको छ । उक्त वार्षिक परिक्षा सान्त ,मर्यादित तरिकाले सम्पन्न भएकाे शिक्षक र शिक्षिका हरुले बताएका छन् ।


कर्णाली देउडा । ९ चैत्र २०८०, शुक्रबार १७:०१