
कालीकोट ,जिल्लाको शुभकालिका गाउँपालिका वडा नं १ को छाती देखि वडा नं २ को छेलाहाना जोडने सडकको आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गोबिन्द प्रशाद आचार्यले उद्घाटन गर्नु भएको छ ।
डाईमन्ड निर्माण सेवाले एक करोड २० लाख मा पाएको टेन्डर मार्फत आर्थिक वर्ष २०८० / ८१ मा उक्त सडक वडा नं १ को छाती देखि वडा नं २ को छेलाहाना सम्म जेडने गरि सम्झौता गरि आजैदेखी काम सुरु गरिएको बताईएको छ ।
उक्त कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं १ का अध्यक्ष वीर बहादुर राम्जालि मगर शुभकालिका गाउँपालिका अध्यक्ष गोबिन्द प्रशाद आचार्य स्थानीय नागरिक जनप्रतिनिधि लगाएको सहभागीतामा सडकको उद्घाटन गरिएको बताईएको छ ।
सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष आचार्यले भन्नू भयो अबको केही दिनमा गाउँपालिकाका सबै वडा मा सडक सञ्जालमा जोडिने बताउनु भयो ।


कर्णाली देउडा । ९ फाल्गुन २०८०, बुधबार १९:०८