
कालीकाेट , जिल्लाकाे पचालझरना गाउपालिकाकामा वडा नं १ देखि वडा नं ९ सम्मका युवा हरुकाे सहभागीतामा युवा, क्लव गठन गरियकाे छ । राष्ट्रिय युवा परिषदकाे आर्थिक सहयाेग शिक्षा युवा तथा खेलकुद शाखाँ पचालझरनाकाे सहजिकरण र समन्वयमा उक्त कार्यक्रमगरिएको थियाे ।
युवा हरुलाई नमुना युवा संसद कार्यक्रमकाे अभ्यास गर्न र वडा स्तरिय युवा क्लव गठन गरि वडामा भएकाे बालबिवाह , सरसफाइ विद्यालय बाहिरभएका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न र वडामा सारक्षता अभियान गरि पालिका लाई साक्षरता घाेषणा गर्न र वडा तथा पालिकालाई युवा मैत्रि पालिका घाेषणामा सहयाेग गर्न समुदायमा भएकाे भ्रष्टचार ,
अनियमितता अभियान सञ्चालन गर्न र पालिका भरिका युवा संन्जाल गठन गर्न उक्त अभिमुखिकरण तालिम पनि दिएकाे छ ।
उक्त कार्यक्रममा युवा सुचना केन्द्र स्थापना गर्नु युवालाई सहयाेग,र सुचना प्रबाह गर्न उदेश्यले युवा क्लव गठन पनि गरिएकाे छ ।साथै युवाक्लवलाई पालिका स्तरिय क्षमता विकास तालिम पनि अायाेजना गर्न र शसक्तिकरण गरि युवालाई उधमि बनाउने कार्य गर्न लक्ष्य रहेकाे सामाजिक अभियन्ता तथा बाल अधिकार कर्मि प्रकाश बहादुर शाहिले बताउनु भयाे उक्त कार्यक्रमकाे सहजीकरण शाहीलेनै गर्नु भएकाे थियाे ।
साथै उक्त कार्यक्रम मा युवा हरुकाे बाग्लाे सहभागीता रहेकाे शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नमराज शाहीले जानकारि दिनु भएकाे थियाे ।


कर्णाली देउडा । ८ फाल्गुन २०८०, मंगलवार ०९:०६