
- कालीकाेट जिल्लाकाे शुभकालिका गाउँपालिका वडा नं ३ र ४ काे बिचमा पर्ने धाँचु प्रजै जाेडने सडक खण्डकाे शुभकालिका गाउँपालिकाका अध्यक्ष गाेविन्द प्रसाद आचार्य द्वारा शिलान्यास गरिएको छ ।
विगत लामो समय देखि गाउँपालिका जाेडने सडक नजाेडिदाँ स्थानीय नागरिक लाई आवतजावत गर्न सास्ती खेप्नुपरेको थियाे । साेमवार गाउँपालिका अध्यक्ष गाेबिन्द प्रशाद आचार्यले उक्त सडककाे शिलान्यास गर्नु भएकाे थियाे ।
साेकार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं २ का वडा अध्यक्ष मन बहादुर शाही (राजेश) र वडा नं ३ का अध्यक्ष प्रकाश बहादुर शाही स्थानीय नागरिक लगाएत वडा नं ३ र ४ का सराेकारवालाकाे सहभागीतामा उक्त सडककाे शिलान्यास गरियकाे थियो । उक्त सडक खन्ने जिम्मा कृष्ण निमार्ण सेवाले पायकाे छ ।


कर्णाली देउडा । २१ फाल्गुन २०८०, सोमबार २०:१२