
सुर्खेत / स्वास्थ्य बिमा आज भन्दा ७ सात बर्ष अगाडि देखि हाम्रो देश नेपालमा सुचारु भएकाे थियाे ।
याे सेवा दुई प्रकारमा बाढिएको छ।
जस अनुसार नागरिक र जेष्ठनागरिक जेष्ठनागरिक लाई फ्रि बिमा सेवा प्रदान गरियकाे छ। यस बिमा सेवा बाट लिने सुबिधा एका घरपिरवार का ( ५) पाँच जना सदस्य भन्दा माथि पनि एकै परीवार भित्र रहेका सम्पुर्ण सदस्य लाई जाेड्दा शुल्क ७ सय प्रत्येक ब्यक्ति जाेडिदै जान्छ ।
सदस्यहरुकाे संख्या जतिपनि हुन सक्छ सेवा लिने भनेकाे न्युनतम (१०००००)एक लाख देखि (२०००००)दुई लाख सम्मकाे सुबिधा पाउने ब्यबस्था मिलाईयकाे छ।
नेपाल सरकारले दिएका सुबिधा (७)सात बर्ष बितिसक्दा पनि गाउँमा रहेका साेझा साझा गाउँलेहरु यस सेवा काे पहुँचमा पुग्न नसकेकाे याे सेवा गरिब बिपन्नका लागि नेपाल सरकारले ल्याएको नीति हाे । याे नितिलाई जनतामा पुराउने नसकियकाे कुरा छर्लङ्ग देखिन्छ । यो सेवा ढिलाे सुरु भयकाेले सबैकाे पहुँचमा पुग्न धेरै समय लाग्ने अनुमानित छ ।
प्रत्येक जनताको जनजिवन संग जाेडिएकाे बिषय हुनुकाे नाताले जहाँसम्म पुग्नु पर्ने थियाे पुगेकाे छैन । अहिले आयर केही पालिकाले बिपन्न वर्गकाे पहिचान गरि उहाँहरूकाे स्वास्थ्य बिमा पालिकाकाे निर्णय अनुसार भईरहेकाे छ जस्मा बिरेन्द्रनगर नगरपालिकाले याे बर्षमा दुई सय तिरासि घरपरिवार वडा नः एक देखि तेह्र वडा सम्मका एक हजार चार सय पच्पन्न जनालाई
नगरपालिकाे कार्यपालिक मा निर्णय गरि नौ लाख नब्ये हजार पाँच सय बिमितहरुलाई सहयाेग गरि स्वास्थ्य बिमा गराएर नमुनाकाेरुप बिरेन्द्रनगर नगरपालिकाले पहिलाे काम कर्णाली पर्देशमा सुरुवात गरेका प्रदेश स्वास्थ बिमा बाेड सचिव सृजना पौडेलले जानकारि गर्नुभयो ।
बाँकि देउडा गित बाट
१) स्वास्थ्य बिमा अनिवार्य सबैलाई चाहिन्या हो
स्वास्थ्य बिमा कार्ड देखाया अौषधि पाईन्या हाे
सबै बिमित भयाै भन्या फ्रि सुई लाईन्या हाे ।।।
२)स्वास्थ्य बिमा नविकरण अनिवार्य गरौ
सरकारकाे सुबिधा लिन पछाडि नसरौ
फ्रिमा उपचार पाईन्छ अकालमा नमरौ।।।
३) सत्तरी बर्षदै माथि बिमा फ्रि हुन्छ
नबुझ्नेलाई के हाे के हाे बुझ्ने कन सुन्छ
स्वास्थ्य बिमा छैन भने समस्याले छुन्छ ।।।
४)पैतिस सय खर्च गरि दुई लाख सेवा पाउने
दुई लाखले पाँच जना कन सब अौषधि आउने
सुबिधा छदैछ भन्या ऋणमा किन धाउने।।।
५) सत्तरी बर्षदै तल शुल्क तिर्नु पर्ने
अब हामी अन्त्य गरौ ओख्ताे नपाई मर्ने
स्वास्थ्य बिमा गर्नाकन सब अगाडि सर्ने।।।
भानु प्रभात पाण्डे
अध्यक्ष
कर्णालि देउडा म्युजिक प्रा.लि.
बि.न.पा.६ सुर्खेत


कर्णाली देउडा । २९ जेष्ठ २०८०, सोमबार २१:५०