
कालिकोट / नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र खाँडाचक्र नगरपालिका नगरपार्टी सचिवालयको टिमले कर्णाली प्रदेश सरकारका माननिय मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट) र कर्णाली प्रदेशका माननीय दुर्ग बहादुर रावत (उज्जवल ) सगै राखेर मुख्यमन्त्री कार्यलयमा भेटघाट गरेर बिकासका याेजनाका लागि छलफल तथा समसामयिक बिषयमा बहस गरेका छन् ।
खाँडाचक्र नगर कमिटीका अध्यक्ष मिमबहादुर कार्कीकाे नेतृत्वमा माननीय दुर्गबहादुर रावत , प्रदेश कमिटी सदस्य,नगरकमिटीका सचिवालय टिम सहित कालिकोट बाट सुर्खेत पुगेर मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेका हुन । मुख्यमन्त्री शर्मा सगँ भेटमा समग्र खाँडाचक्र नगरपालिकाकाे बिकास र योजना के कति सम्भावना र आगामी दिनमा मुख्यमन्त्रीकाे भुमिका कति भन्ने बारेमा बिशेश छलफल गरियकाे अध्यक्ष कार्कीले बाताएका छन् ।
अध्यक्ष कार्किका अनुसार अब खाँडाचक्रकाे बिकासमा आमूल परिवर्तन हुने संकेत देखिएकाे मुख्यमन्त्री सगँ भेटेर बताए । नगर बासिलाई खुसि बनाउन आफ्नो अहमुल भुमिका रहने र मुख्यमन्त्रीले भने अनुसार काम भए खाँडाचक्र नगर मात्र हाेइन कर्णाली प्रदेशको नै मुहार फेरिने पक्का रहेकाे अध्यक्ष कार्कीले बताएका छन् ।


कर्णाली देउडा । २७ जेष्ठ २०८०, शनिबार ०९:००