रमेश शाही ठकुरी (रउतेलो) काे मार्मिक, गजल

छत्र राेका मगर ‘धमका ‘
कालिकोट, जिल्ला तिलागुफा नगरपालिका-०७ कालिकोट घर भई हाल भोजपुर नगरपालिका-०६ भोजपुर
रमेश शाही ठकुरी (रउतेलो) काे मार्मिक गजल,

बल्झियो बिजुलिको झट्का झैँ घाउ, खै काँ ढाल्ने हो?
सिसासरी फाटेको छ यो दिल,खै केले काँ टाल्ने हो?

उता तिहार आएर बत्तिले शहर झिलमिल पारेकाछन् ,
यता अन्धकारमय गाउमा बत्ति ,खै काँ बाल्ने हो?

उस्ले छोडेर गएदेखि पत्थर बनाएको यो मन,
उस्तै रह्यो भेटिएन आधार , खै काँ पगाल्ने ह

युवा रोजगार लगाइदिन्छु भनेर मेरो भोट खेर गएकोछ,
भन्नुहोस् मेयरसाब म निकाल्छु मेरो भोट,काँ निकाल्ने हो