
कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडीमा माघी मेला यस वर्ष पनि मनाइने भएको छ । कर्णाली देउडा म्युजिक प्रा.लिको आयोजना तथा स्थानिय सरकार एवं सरकारी तथा गैर सरकारी निकाएको समन्वयमा माघ १ गते दोश्रो ‘माघी मेला तथा सांस्कृतिक कार्यक्रम–२०८२’ सञ्चालन हुने भएको हो । कर्णाली देउडा म्युजिक प्रा.लिका संचालक तथा चर्चीत देउडा सर्जक भानु प्रभात पाण्डेले माघी पर्वको मौलिक सांस्कृतिक पक्ष संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् ।
त्यस्तै, नयाँ पुस्तालाई नेपालीको मौलिक पर्व, परम्परा र सांस्कृतिक महत्वबारे जानकारी गराउने तथा परम्परागत संस्कृतिलाई जोगाउन मेला तथा सांस्कृतिक कार्यक्रम आवश्यक रहेको पनि आयोजकले बताएको छ । उक्त कार्यक्रममा चचित देउडा सर्जकहरु विच रोचक देउडा प्रस्तुत हुनुका साथै वर्तमान समयमा चर्चामा रहेका हुड्के कलाकारहरु मनसिंह परिवार र विसाल परिवार लगाएतका कलाकारको पनि प्रस्तुति रहने भएकाले जिल्लावासी सवैलाई उपस्थितिका लागि आयोजकले अनुरोध समेत गरेको छ ।


कर्णाली देउडा । १ माघ २०८२, बुधबार १९:४६