
सुर्खेत /-नेपाल मा ठुलो सुरक्षाकाेे घेरा भित्र रहेका राजपरिवार काे घटना घटेकाे आज(२२ )बाईस बर्ष पूरा भयकाे छ।आजकाे दिन नेपालीहरुका लागि कालाे दिन पनि मानिन्छ यश दिन लाई कालाे दिनकाे संकेत दिए पनि याे घटना रहस्यमय छ भन्नेमा काेहि पनि बाँकी छैन्न तर यस घटनाकाे छानबिन समिति पनि गठन गरियो तल्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद काेईराला ले घटनाकाे छानबिन सरकार बाटै हुन्छ भन्दै आउनु भयकाे थियो ।
राजनैतिक सहमतिमा तल्कालिन ने क पा एमाले पार्टीका महासचिव माधब कुमार नेपालकाे नेतृत्व मा छानबिन समिति गठन गरियाे यश समितिले पर्तिवेदन बुझायो त पनि घटना काे तथ्य कुरा खुलेन याे भयानक घटना बिस्तारै बिस्तारै सेलाउदै गयाे तत्कालीन राजा बिरेद्र शाहा का माईला भाई ज्ञानेन्द्र शाहा श्रीपेच लगायर गद्दीमा बस्नु भयाे उहाँले राजदरबा समालेकाे केही समयमा उहाँका भाई धिरेन्द्र शाहा लगायतकाे टाेलि राराताल मा खसालियाे याे दर्दनाक घटना आजका दिन सम्मपनि झुट्टा भ्रम छरेर दिपेन्द्र ले गाेलि चलायका थिय भनी दिपेन्द्र काे लास माथि दाेष थुपारियाे तर युवराज दिपेन्द्र पनि जिबित थियनन् जिबितकाे भ्रम छरेर(२३) तेईस घण्टा राजा पनि बनाईयाे यसरी सारा नेपाली जन्ताकाे आँखामा छाराे हलेर देशका ठुलाबढाले सासन गर्दै आय पछिल्लो समयमा गणतन्त्र काे घाेषण भयाे गणतन्त्रका पहिलाे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )बन्नु भयाे सय घटनाको तथ्यसथ्य छानबिन गरिन्छ दाेशीलाई कार्बाहि गरिन्छ ।
नेपालमा घटेका ठुला ठुला घटना काे पुरै छानबिन गर्ने भनियाे तर केही सुरु भयन हामी गाई बाख्रा कुखुरा कुकुर भैंसी जस्ता पशुपन्छि मारेमा आफन्त जम्मा भयर सडक बन्द चक्काजाम प्रसासनमा निबेदन क्षतिपूर्ति भराई दाेषिलाई कडाकार्बाहि गरिपाउ भनिन्छ । यी ठुलाबढाहरुलाई धनपैसा आफ्नो मान मरेदा भय पुग्दाे रहेछ आखिर आफ्ना आफन्त बाट पहल भयन भने तैचुप मैचुप हुदा रहेछन् आज सांसदहरु संसद्मा बाल्दै गर्दा राजा बिरेन्द्र र नेता मदन काे बारेमा कसैले पनि बाेलेकाे देखिदैन। याे देश दाई भाई श्रीमान श्रीमती छाेरा भतिजा मार्ने काे राज चल्ने देश हाे ।बाकि दुई शब्द देउडा गित बाट हजुर समक्ष पेस गर्दैछ ।
१)खाेज तलास केही पनि छैन राजालाई मारियाे
दिपेन्द्र आफुनै मरे दाेस किन सारियाे
काेहि काठमाडौ काेहि राराताल अल्पत्र पारियो ।।।
२)बिरेन्द्र लाई नजलाउदै दिपेन्द्र सारीयाे
नाराहिटी दरबारमा कसरी मारीयाे
दिपेन्द्रले मार्याे भनी भ्रममा पारियाे।।।
३)भाईकन केही पीडा छैन आफ्नाे दाई मारेकाे
जिउदाले जिउदालाई मारि लासकन सारेकाे
दाेसिकन सराप लागन यी आँसु झारेकाे।।।
४)दरबार घटना भयाे अन्ठाउन्न साल
दाईमारी भाइ राजा हुन्या कस्का हुन्ना जाल
दाेषिहरु काेहि नराखि छिटै लैजा काल।।।
५)घरकाे चाेर लागेन भन्या बाहिरकाे आउदैन
ठुलाकन छुटकरा छ जन्ता छुट पाउदैन
चाेरकाे ठुलाे स्वर हुन्छ आफुकाे राउदैन।।।
६)लास बाहिर निकाल्ने बेला भित्र श्रीपेज लाउने
कानुनकाे पहुजमा जान मनमै नआउने
याे कुरा बाेल्दैनन् किन पछिपछि धाउने।।
७)बिरेन्द्रकाे हत्या गरे देश बनाया मूल्या
अरुले कराया मात्र माईला भाइ ढुल्या
ज्ञाने शाहा राजा भया श्रीपेजमा भुल्या।।
भानुप्रभात पाण्डे
अध्यक्ष
कर्णाली देउडा म्यूजिक प्रा.लि.
बिरेद्रनगर ६ सुर्खेत


कर्णाली देउडा । १९ जेष्ठ २०८०, शुक्रबार १२:४५