साउन पुनि पन्चमि मेला धुनधानमा मानिन् छ

१) देबताले भित देखाउँछ नौनिले हानिन्छ घाँट भरि नौनि घ्यु देख्दा ठुलै हाे ठानिन्छ ।।।

२)बाह्रभाई मष्ठा थिय काेहि माल काेहि भाेट धार्मिक कुरा सम्झेबेला मुटु लाग्दाे चाेट धामीझाँक्री पैठ मेला हाम्रा कालिकाेट।।।

३)साउन देखि मंसिर सम्म मष्टाे देउता मान्छन् अहिले त म खाेजिमा छु ईतिहास काे जान्छन् मन्दिर मा चढेका फलफुल आस गरेर खान्छन्।।।

४)आफन्त ठाउँ ठाउँदै आउँछन् देबि देउता मान्न परमपुर्खा काेहि दिदैनन् कमजाेरि ठान्न एक पटक नभेटिकन मनकाे धाेका जान्न।।।

५)पाठा र पर्गाला दिन्छन मन बुझेका बेला कसैलाई राम्रो दिन दिन्छन् केही लाई दिन्छन् चेला आफ्नाे आफ्नै भाषा गर्छन् देउता चले बेला।।।

६)गुर्जा लौरि भाँचि दिन्छन् राला दाँत काट्छन् सबैकन बिदाे लगाई आफ्नै पैतल फाट्छन् बिराना काेहि देखेपछि नजिक नजिक डाँक्छन्।।।

७)पुजाआजा गरिकन घरतिर आउनुछ धामिकाे पतुराई सक्या न्याउले खेल लाउनुछ देउताकाे गित नगाईकन सुख्ख काँ पाउनुछ।।।

८)पहिलाे गित देउता काे हुन्छ पछि अरु हुन्छ कसैलाई रमाईलाे हुन्छ कसैकाे मन छुन्छ नबुझ्नेलाई के हाे के हाे बुझ्नेेकाे मन रुन्छ।।।

९)दाहिना भयाँ देबिदेपता हामी घर जान्छौं पुर्खाले मानेकाे ठाउँलाई पुजि कन खान्छौ झाक्क्रि र देबताकन हामी ठुलै मान्छौ।।।

१०)सबैकाे भेटाघाट हुन्छ पैठ आयका बेला सबैकन निम्ताे भयाे पन्चमिका मेला डाँडा देव कुना पृति काेहि छैन हेला।।।

११)देबि र देवता मान्ने चलन छ गाउँमा नौलाे बालि नुवाखिचड्छ देबताकाे नाउँमा पहाडी ईलाका तिर जात्रा ठाउँ ठाउँमा ।।।

भानुप्रभात पाण्डे

अध्यक्ष

थकर्णाली देउडा म्युजिक प्रा.लि.

बि.न.पा.४ सुर्खेत