पलाँतामा माओवादी केन्द्र ले सञ्चालन गर्‍यो स्कुलिङ्ग

कालिकोट जिल्ला पलाता गाउँ पालिका मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पलाँता गाउँ समिति ले पार्टी कायकर्ता लाई यहि २०८० असोज १७ र १८ गते दुई दिने स्कुलिङ्ग सञ्चालन गरेको छ । समाजवाद काे आधार खडा गर्नका लागि आधारभूत मार्क्सवादी स्कुलिङ्ग कार्यक्रम चलायर पलाँताकाे पार्टी टाेल स्तरका पदाधीकारीहरुलाई अबकाे आबश्यकता समाजवाद नै हाे भन्ने मुल विषयका साथ प्रशिक्षण गरिएकाे पलाँता पार्टी अध्यक्ष ऐनराज महताराले बताउनु भयाे । उक्त स्कुलिङ्ग मा माओवादी का विभिन्न प्रशिक्षक लगायतका नेता हरुले आ-आफ्नो विषयमा स्कुलिङ्ग गर्नु भएको गाउँ समिति सचिव सर्जन बुढा ( पाण्डव) ले बताउनु भएको छ । उक्त दुई दिन सम्म चलेको स्कुलिङ्‌गमा पलाँता पार्टीका सेल समिति देखी गाउँ समिति सम्मका पदाधिकारी र वरिष्ट पार्टीका सदस्यहरुको सहभागीता रहेको गाउँसमिति कार्यालयले जनाएको छ ।