नेपालिशरणार्थी बन्या भुटानीकाे नाउमा”कमिनसन कै खेलाे गर्छन् पुगे पछि ठाँउमा

सुर्खेत / नेपाली जनतालाई नक्कली भुटानि शरणार्थी बनाई दिने दलालले पैसा खाएर आफ्नाे लागि देशका जनतालाई शरणार्थी बनाई पेट भर्नेहरुलाई देउडा गित बाट सुझाव ।।

१)नेपालिशरणार्थी बन्या भुटानीकाे नाउमा
केन्द्र बाट सुईकाे पुग्याे चलन चल्याे गाउँमा
कमिनसन कै खेलाे गर्छन् पुगे पछि ठाँउमा।।।

२)केशब दुलाल , शन्देस शर्मा,टेकनारायण पाण्डे
सन्दिप रायामाझि कन पनि ठगेर नखान्दे
बालकृष्ण पन्थि ईछ्या गया जागिर जान्दे।।।

३)सागर राई ,टंक गुरुङ एक सानु भण्डारी
सबैले व्यबस्था गरे डेढ कराेड हात पारी
टाेप बहादुर फराहार छन् राम बहादुर सारी।।।

४)बाँकि त काेहि पनि छैन हल्ला आयाकाे छ
कडा कार्वाही हुनुपर्छ जस्ले खायाकाे छ
बहुदल देखि फाईल खाेल्ने पालाे पायाकाे छ।।।

५)प्रचण्डकाे छाेराे छैन प्रकास कि जाेईनाई
हुना त राम्रो काम भयाे जसदिन्या काेहिनाई
माअाेबादिमा श्रीमती नाई एमालेमा पाेईना।।

६)बस्ति खाया साेसकले देशखाया डाँकाले
देशलुटेर खानेकन नछाेडन माखाँले
लुटेरा जेल हालिदिनु नछाेढ्नु आँखाले।।।

७)धेरै जना मिल्याका छन् धेरै लुटि खान्छन्
साना कन कानुन लाख्छ ठुला छुटिजान्छन
टाेपे रायामाझिकालागि के पि गलाे तान्छन्।।।

८)के पि ले प्रचण्ड भेटि हातपाउ जाेडेकाछन्
अब याे केश नछाेड्दिया पहिला छाेडेकाछन्
अपराधी जाेगाई कन बेईजेत ताेडेकाछन्।।।

९)सत्य तथ्य छानमिन हुनु चाेर बाई जानू जेल
काण्डै-काण्डै पाडिकन जतिखेल्छौ खेल
नेतालाई नलाग्ने रैछ जन्ताकनै नेल ।।।

१०)वडा देखि केन्द्र सम्म कमिसन छुटिजाउ
घुसखानेकाे घुसदिनेकाे सम्बन्ध चुटिजाउ
पापिस्टकाे अन्त्य हाेईजाउ धर्मि मन जुटिजाउ।।।

११)मेचि देखि महाकालि भ्रष्ट नास हुनु
दलालले लुटेर खाया जन्ता कन रुनु
धेरै कारण भयर हाे देशै खालि हुनु।।।

भानुप्रभात पाण्डे
खाँडाचक्रनगर पालिका -३ ताडि कालिकाेट
कर्णाली प्रदेश – नेपाल