जाेखिममा रहेका बालबालिकाहरुकाे संरक्षणका लागि सराेकारवालालई अभिमुखिकरण

कालीकाेट , जिल्लाकाे शुभकालिका गाउँपालिकामा अति जाेखिममा रहेका बालबालिकाहरुकाे संरक्षणका लागि सराेकारवा हरु लाई अभिमुखिकरण तथा छलफल गरिएकाे छ । संकल्प परियाेजना अन्तर गत अति जाेखिममा रहेका बालबालिकाहरुकाे संरक्षण तथा बालअधिकार सम्बन्धि सराेकारवालाई आज एक कार्यक्रमका बिच अभिमुखिकरण गाेष्ठी गरिएकाे हाे ।

शुभकालिका गाउँपालिका भरिका अति जाेखिममा रहेका बालबालिकाका समस्य र समाधानका उपाया बारे बिशेष छलफल गरियकाे थियाे । शुभकालिका गाउँपालिका , सेभ्द चिल्ड्रेनकाे आर्थिक सहयोग र किर्डाक नेपाल कालीकाेटकाे सहजिकरणमा कार्यक्रम भएको थियाे ।

शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीकाे सभाअध्यक्षता र शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर शाहीकाे प्रमुख आतिथ्यता र किर्डाक नेपाल कालिकोटका जिल्ला संयाेजक तुलाराज पाण्डेकाे बिशेष आतिथ्यता र शुभकालिका गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुख हरुकाे उपस्थितिमा उक्त अभिमुखिकरण गरिएकाे हाे ।

उक्त कार्यक्रममा बाेल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश शाहीले भन्नू भयाे अति जाेखिममा रहेका बालबालिकालाई गाउँ पालिका बाट हुने सम्पूर्ण सहयाेग र पहिचान गर्ने बताउनुभयाे ।शाहीले भन्नू भयाे अति जाेखिममा रहेका बालबालिका लाई आगामी आर्थिक वर्षमा अलि बलियो खालकाे नितिनियम बनाउने बताउनु भयाे ।