सिंहदरवार काठमाडौको सहयोग गाउँपालिका लाई

कालीकाेट , जिल्लाकाे शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समिति संयाेजक धर्मकला शाहीकाे समन्वयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सामाग्री गाउँपालिकालाई शुक्रबार एक कार्यक्रमका बिच  हस्तान्तरण गर्नु भएको  छ।

उपाध्यक्ष शाही द्वारा गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर शाही लाई उक्त सामाग्री हस्तान्तरण गरिएको छ । सिंहदरवार काठमाडौ को सहयोगमा रु ३,४३,००१( तीन लाख तिरचालिस हजार एक रुपैयाँ ) बराबरको विपदजोखिम न्यूनीकरणका सामाग्री शुक्रबार हस्तान्तरण  गरिएको  थियो ।

उक्त कार्यक्रममा बाेल्दै गाउँपालिकी उपाध्यक्ष शाहीले भन्नूभयाे ,यस्तै खालका पहलकदमी आगामीदिनमा सम्बन्धि निकाए संग गाउँपालिकाले गरिरहने समेत बताउनु भएकाे छ । शुभकालिका गाउँपालिकामा अब अग्लागी भएकाे खन्डमा उक्त सामाग्रीकाे जतिबेला पनि प्रयाेग गर्न सकिने बताउनुभएको छ ।