
गजल,
उस्तै देख्छु फरक केही नाइ मेरा ती गाउँ पनि
दुख्या कै छन् मलम नपाइ गरिबका घाउ पनि
रुडो पड्डै सुकि जादा अनाज फल्न्या गडा
अनिकालले पेट रित्तै छन् भोको छ भाउ पनि
हड्डा हड्डै खुट्टा फाट्या बाटो पनि गल्यो
गन्तव्यमा पुग्नै छोड्या ढगुड्न्या पाउ पनि
एक छाक टाड्न धौधौ पड्डो हामी गाउँल्या कन
रात दिन आउदो कोल्थो समाइ पुरानो साउ पनि
जुवादो जिन्दगी बाइगो पढ्न्या लेख्न्या बेला
हुकुम्मको बास्सा मद्दो कस्ता हुन दाउ पनि

बचपन उतै छ मेरो सफर लैजाउ
न्यानो हुदैन भने मफलर लैजाउ
बुढा बा-आमा ती वृद्ध आश्रम छन
भन्छन बारम्बार मलाई घर लैजाउ
पठाइ दिनु यादहरु उपहार स्वरुप
सकिदैन भने अलिकति जहर लैजाउ
थोरै मात्र हुन बाहिर देखिने खुसी
पुग्दैन अझै बाकी छन रहर लैजाउ
अचानो जस्तै छ जवानीको आस
पिरहरु पठाउ मेरो तक्दिर लैजाउ


कर्णाली देउडा । २१ माघ २०८०, आईतवार २०:५७