आठहजार छ सय तीस लाई कठिन भयाकाे छ

नेपाल काे जाजरकोट मा हरेक बर्ष मौषम परिबर्तन का बेलामा विभिन्न राेग हरु आईरहने हुन्छ त्यसै गरि अहिले काे सालमा पशुकाे राेगले जाजरकाेटि जनसमुदायलाई सताई रहेकाे छ यसैमा आधारित रहि देउडा गित बाटै जाजरकोट काे समस्या दर्शायकाे हाे।।।

१)आठहजार छ सय तीस लाई कठिन भयाकाे छ
जिल्ला भरि चाैपायाकाे जियान गयाकाे छ
लम्पि स्किन ठुलाे राेगकाे संका रयाकाे छ।।।

२)जाजरकाेटमा अझ फेरि नौलाे राेग आईगयाे
अौषधि उपचार नपाई पशु ज्यान बाईगयाे
चौपायालाई लम्पि स्किन नौलाे राेगलाईगयाे।।।

३) पशुहरु बिरामी छन् अाज जाजरकोट
स्थानियबासि हरु चाैकिदार छन् गाेठ
तिनसय मरेर पशु गाउँले कन चाेट।।।

४)घाँटी पुच्छर पेट थुनिला गिड्का आउने रैछ
चौपाया सिध्धिने हुन्कि सबै कन भईछ
नतभैंसी निराेगिछ न त घरमा दहीछ।।।

५)छेडागाड पालिकाभित्र एकसट्ठी ज्यान गया
चारहजार सैतिसपशु संक्रमित भया
यी सकैकाे ज्यान बाईजान्छ काेठा भित्र रया।।।

६)नलगाडमा बाह्रसय चौपाया बिरामी
पशुकाे चिकित्सक चाहियो माग गर्दैछौ हामी
भैसिमरे अट्कि फट्कि गाई मर्दाछन् रामी।।।

७)भेरीमा एक सय पाँच नलगाड चौतिस मरे
चौपाया करोडौं मर्छन प्रदेश भरि सरे
बाह्रसौ भेरीमा मर्छन् उपचार नगरे

८)शिबालयगाउपालिका ढाईसय असन्चि
कठिनै कठिन छ देशमा मरे पशुपन्छि
उपचार पाईदिया हुन्थ्यो तिनकाे जियान छन्ति।।।

९)गाउँपालिका शिबालय सत्ताईस मरिगया
सबैपशु बचाउनु हाे गाउँमा सरकार भया
कसैका त एक दुई मर्या कसैका एक रया।।।

१०)जुनिचाँदे पालिकामा डेढसय लासभया
उन्नाइस सौ बिरामी पशु बिरामी नै रया
सबैकाे उपचार हुन्थ्यो गाउँमा डाक्टर गया।।।

११)बारेकाेटपालिकामा बाह्र मरिगया
एकसय बयालीस पशु सिकिस्त त्यहाँ रया
केही संचिया केहि मर्या नब्य बाँकि रया।।।

१२)कुशेगाउपालिका भित्र पाँचै मरेका छन्
यस पालिका जम्मा जम्मि नब्य ढलेका छन्
पुरै जिल्ला चिन्तामा छ डाक्टर चलेका छन।।।

 

भानुप्रभात पाण्डे
खाँडाचक्र नगरपालिका -३ ताडि कालिकोट
कर्णालि प्रदेश नेेपाल