
कालिकोट जिल्ला तिलागुफा नगर पालिका मा जन्मीनु भएका रमेश शाही ठकुरी को दशै तिहार लक्षीत “कविता ‘
म घर जादै छु
म पूरा एक बर्सपछी पूरा तयारिका साथ
उचाटिएर, उजाडिन, एक्लो बनाइ छोडि आएको घर जादैछु,
जब मेरा पाउले घरको आँगन छुनेछन्
लाग्नेछ सर्वस्व त्यागेर बाहिरिएको पस्चाताप
नकार्नेछु आँफैले आँफैलाई
हकार्नेछु आफ्नो भाग्यलाइ
अबुझ ठान्नेछु त्यो बालापनलाइ
कुदृष्टि ठान्नेछु मेरा नयनलाइ
अल्छि ठान्नेछु मेरो जाँगरिला हातलाई
आँगनको डिलमा बसेर कुरिरहेकी हुनेछिन आमा
हतपत।आमाको र मेरा नयन ठोकिनेछन्
हर्षका आँशु खसाल्ने छिन् आमा
पहिलो प्रस्न आमाको हुनेछ
प्रश्न माथि प्रश्न थपि रहनेछिन् आमा
तँ किन दुब्लाको बाबू रु
केको पिर मान्छस रु
खाना नै खान्नस क्या होरु
खाना रुच्दैन हो रु
खानामा कसैको आँखा लाग्यो कि रु इत्यादि
कैयौँन प्रश्नमा म अनुत्तरित हुनेछु
निक्कै बेर आमाको र मेरो सवाल जवाफ चलिरहनेछ।
सबै प्रश्नको सारङ्श र उत्तर
एक दिन सबै ठिक हुनेछ आमा
साँझपख गाईगोरु भेडाबाख्रा संगै
कुप्रीएको पिठिउ पिठिउँमा दाउराको भारी
बर्स पुरानो ढाका टोपि,
टोपिले ढाक्न नसकेका सेतै फुलेका कपाल
घुँडा कुहिना र पछडी टालो टालेका दौरासुरुवाल
कुर्कुच्चा फाटेका जुत्ता
जुत्ता भन्दा बढी फाटेका कुर्कुचा
सहित फर्किने छन गोठाले मेरा बा
भारी बिसाउदै
जुता नखोली टोपिले पसिना पुछ्दै
हालखबर सोध्दै नसोधी
थकित स्वरमा सबैभन्दा अप्ठ्यारो प्रश्न गर्नेछन
तेरो जागिर खान्छु ,त्यसपछि
यस्तो गर्छु उस्तो गर्छु भन्ने सपना कहाँ पुग्यो छोरा रु
म एक छिन नतमस्तक हुदै हारेको स्वरमा बालाइ भन्नेछु
बा सपना सुकेर झरेर हावाले उडाउदै उडाउदै खाडी पुर्यायो।


कर्णाली देउडा । १ कार्तिक २०८०, बुधबार ०८:५०