
कालीकोट, जिल्लाको शुभकालिका गाउँपालिकामा पालिका स्तरिय बालसन्जाल पुनरगठन गरिएको छ । महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाँ शुभकालिका गाउँपालिकाको आयोजना र सेभ द चिल्ड्रेन किडाक नेपाल कालिकोटको समन्वय र सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
शुभकालिका गाउँपालिका स्तरिय बालसन्जालकी अध्यक्ष यमुना बाेहाेराको सभा अध्यक्षता शुभकालिका गाउपालिकाका अध्यक्ष गोबिन्द प्रशाद आचार्यको प्रमुख अतिथ्यता शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर शाहीको बिशेश अतिथ्यता, किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डे
शुभकालिका गाउँपालिका महिला तथा बालबालिका साखाँ प्रमुख अम्रिता अधिकारी र बालबालिका साखाँ प्रमुख रन्जित वली शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाही स्थानीय जनप्रतिनिधि शुभकालिका गाउँपालिका वडा नं १ देखि वडा नं ८ का बालबालिकाहरुको सहभागीतामा कार्यक्रम सम्मपन्न भएको छ ।
उक्त कार्यक्रम बाट नयाँ समिति पुनरगठन गरीएको छ । जस्मा अध्यक्ष बिनोद आचार्य लगाएतका पदाधिकारी हरु सर्व समतले २१ जनाको सदस्ता रहने गरी पुनरगठन गरीएको छ । कार्यक्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष आचार्यले भन्नु भयो बालबालिकाको क्षेत्रमा आफू र आनो गाउँपालिका सकरात्मक रहेको र बालबालिकाको क्षेत्रमा आर्थिक,भैतिक र नैतिक हिसाबले सहयोग गरीरहने बताउनुभयो ।


कर्णाली देउडा । ७ फाल्गुन २०८०, सोमबार २०:१२