
सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा सोमबार आयोजित नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएकाे छ । १७ गते देखि २२ गते सम्म सन्चालन भएको नमुना युवा संसद अभ्यासमा नगर सभा र प्रदेश सभाको बारेमा अभ्यास गरिएको थियाे उक्त कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिलाबाट २५ जना युवाहरुको सहभागिता रहेको थियो। नगर सभाको अभ्यास गर्दा चुनावी प्रक्रियाबाट नगर प्रमुख र नगर उप प्रमुख निर्वाचित गरिएकाथिय ,त्यस्तै प्रदेश सभाका लागि सत्ता पक्ष र प्रतिपक्षको वर्गिकरण गरिएको थियो। सत्तापक्षबाट मुख्यमन्त्री र मन्त्री मण्डलहरु विस्तार गरिएको थियो । सोही अनुरुप सत्तापक्षमा रहेका प्रेम बिक मुख्यमन्त्री पदमा चयन भएका थिए ।

यस्तै सत्ता बिपक्षी प्रमुखमा छत्र राेका मगर लगाएतका सहभागी भएका थिए। नमुना प्रदेश सभाले अभ्यासका रुपमा मुख्यमन्त्री सहित आर्थिक मामिला तथा योजना मन्त्रालय ,भौतिक पुर्वाधार मन्त्रालय र सामाजिक विकास मन्त्रालय गरि ४ मन्त्रालय विस्तार गरिएको थियो। नमुना युवा प्रदेश सभामा वास्तविक प्रदेश सभामा जस्तै सभा चलाइएको थियो। शून्य समय,प्रश्नोत्तर समय र विशेष समयमा बोल्ने पनि अभ्यास गरिएको थियो। त्यस्तै वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख मार्फत प्रस्तुत गरिएको थियो भने वार्षिक राजश्व बाडफाड तथा बजेट विनियोजन आन्तरिक मामिला तथा योजना मन्त्री मार्फत प्रस्तुत गरिएको थियो । प्रदेश सभामा गरिने क्रियाकलापलाई नमुना युवा संसदहरुले अभ्यास गरेका थिए। नमुना युवा संसदहरुलाई प्रदेश सभाको बारेमा जानकारी गराउनका कर्णाली प्रदेश सभा सुर्खेतमा अनुगमनको लागि लगिएको थियाे ।

उक्त कार्यक्रमले युवाहरुलाई राजनीति प्रती सचेत बनाउने भएका कारण निरंतरता दिन पनि युवा हरुले अनुरोध गरेका थिए। उक्त कार्यक्रम लाई दलित महिला संघको आयोजनामा र युरोपियन युनियनकाे आर्थिक सहयोग प्लान नेपाल इन्टरनेसनल काे प्राविधिक सहयोग र राष्ट्रिय युवा परिषदले समन्वय गरेको थियो।

कार्यक्रमको उद्घाटन प्रदेश उप सभामुख माननीय यसोदा न्यौपाने गर्नु भएकाे थियाे भने समापन्न प्रदेश सभा सदस्य माननीय रणसिंह परियार र दलित महिला संघ कर्णालीका अध्यक्ष मन्जु सुनार फेडाे नेपाल कालिकोट कि अध्यक्ष हजा सुनार लगाएत काे उपस्थिति मा कार्यक्रम समापन भएकाे थियाे ।


कर्णाली देउडा । २२ माघ २०८०, सोमबार २३:०९