आर्थिक बर्ष २०८०/०८१ काे गाउँसभा समयमै  सम्पन्न गर्ने महाबै गाउँपालिका

कालिकाेट /- समृद्धि नेपाल सुखि नेपालि भन्ने मुल  नारालाई सफल बनाउन यतिबेला महाबै गाउँसभा समयमै  सम्पन्न गर्न लागिरहेकाे महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।

उहाँले भन्नू भयो आर्थिक बर्ष २०८०/०८१ काे पालिकाकाे बजेट बनाउँदै छौ यतिबेलाकाे बजेट कृषि, पशु-पन्छि,शिक्षा,स्वास्थ ,बन,पर्यटन,उधाेग,पुर्वाधार ,सस्कृति,खानेपानी,सिचाइ,खेलकुद,यातायात लगायतका  याेजना तर्जुमा भई रहेयकाे बताउँछन् ।

गाउँ पालिकाको सबै क्षेत्रमा घनिभुत छलफल गरेर बिशेश युवा लक्षित कार्यक्रममा जाेड दिने मुख्य अाधार बनाउने अध्यक्ष सिंहको भनाइ छ । उहाँले फेरि जोड्नु भयाे  आफ्नो कार्यकालमा महाबै गाउँपालिकाकाे सस्थागत बिकासमा कुनै पनि कमजाेर हुन दिदैनौ बरु अरु पालिका भन्दा हाम्रो पालिका नमुना बनायर देखाउने अध्यक्ष सिंहकाे दाबि छ।

अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने  अध्यक्ष सिंह समयमै सभा गर्ने तयारीमा आफूहरू व्यस्त रहेको बताए।