
कालीकाेट , जिल्लाकाे शुभकालिका गाउँलिकामा नेपाल शिक्षक संघ शुभकालिका गाउँपालिकाको सातौं प्रतिनिधि सभा भब्यताका साथ सम्पन्न भएको छ ।
शुभकालिका गाउँपालिका वडा नं १ देखि वडा नं ८ का सम्पूर्ण शिक्षाको उपस्थिति मा उक्त कार्यक्रम सुरु भएको थियाे । शुभकालिका गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्ने उधेश्यका साथ साताैं प्रतिनिधि सभा भब्यताका साथ सम्पन्न भएको छ । नेपाल शिक्षक संघ शुभकालिका गाउपालिका अध्यक्ष सुरेन्द्र बहादुर शाहीको अध्यक्षता ,नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभपती नन्द बहादुर शाहीको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस कालीकोटका महासमिति सदस्य तथा शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाही , लगाएतका सम्पूर्ण शिक्षक हरुकाे सहभागीतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
उक्त कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभपती नन्द बहादुर शाहीले सातौं प्रतिनिधि सभाकाे शुभकामना । दिदै भन्नू भयाे शुभकालिका गाउँपालिकामा शिक्षामा शुधार ल्याउनका लागि सबै शिक्षकले आआफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने बताउनुभएकाे थियाे ।



कर्णाली देउडा । २७ माघ २०८०, शनिबार २०:३०