प्राकृति सुन्दरताकाे एक रुप नेपाल काे वनजंगल

सुर्खेत / हरियो वन नेपालको धन भन्ने मुख्य नारा शब्दमा कुनै खोट राख्ने ठाउँ भेट्टाउन सकिन्न र बिदेशी पर्यटन भित्राउने प्राकृति सुन्दरताकाे एक रुप नेपाल काे वनजंगल हाे ।

यस बन जंगलबाट मानिस, पशुपंछि, किरा, फटेङ्ग्रा, जिबजन्तुकाे बाच्ने मुख्य आधार पनि हाे । यदि हामिले याे बनकाे रक्षा गर्न सक्दैनौ भने हामी काेहि कसैकाे पनि रक्षा नहुन पक्का छ।

त्येस्तै हाम्राे भुमि बनजंगलकाे रक्षा गर्न ठुलाे हात हुनुपर्छ ।मुलुकि कानुन र बन ऐन काे मर्मलाई बुझि बन कटानि,फडानी,डडेलाे जस्ता गलत प्रबिधिका कामहरु नगर्न र नगराउन सचेत ब्याक्ति मान्नेजन स्थानिय सरकार ले आ-आफ्नाे बस्ति टाेल वडा पालिकामा सचेत गर्नु र गराउन सामाजिक रुपमा समाजलाई फाइदा हुने देखिन्छ बाँकी देउडा गितबाट ।।

१)हरियाे बन नेपालकाे धन भन्ने काहाँनिछ
बाँजाे जमिन हरियालि राम्रो चाहाँनिछ
रुखबाटै अक्सिजन लिदै बाच्ने जहाँनिछ।।।

२)डडेलो नलाउनु हाेला जानिजानि कन
डडेलाेले मारीदिन्छ जिवजनावर पन
बिरुवा जगाउनु पर्छ यहिहाे हाम्रो धन।।।

३)बनजंगल बचाउनु पर्छ जस्लाई दया लाग्छ
पशुपंछि जिव कमिला डडेलाेले भाग्छ
हराबरा जंगल बनाअौ सारा समाज जाग्छ।।।

४)बाताबरण असर पार्छ डडेलाे लगाया
सराप पनि लागिजाला जिबजन्तु भगाया
बनजंगल सकिदै बाईगाे अब समाजराया।।।

५) सास फेर्नलाई जंगलचाहिन्छ जंगल नहाेउ हेला
रुखकाट्न्या डडेलाे लाउन्या कानुनका फेला
बुढापाका सम्झाईयल आफ्ना सबै चेला।।।

६) बनसकिया हामी मर्छौ बनबचाउ र बाँचौ
बनैभरि बुट्टा राेपौ बनमै नाता गाँसौ
स्वच्छ हावा प्रयोग गरौ रुख हेरेर हाँसौ।।।

७) सरकार र जनता लागि जंगल जगाउनुछ
कुकृति र कुसँस्कारलाई गाउँदै भगाउनुछ
समाजका अटेरीकन कानुन लगाउनुछ।।।

८)रुखकाट्ने र आगाे लाउने दुबैलाई जेलहुन्छ
केशहेरेर जरिवाना केशहेरी नेल हुन्छ
बनडडेलाे लाग्या बेला कतिकाे मन रुन्छ।।।

९) बन अपराध लाग्याे भन्या मुद्दा कडाहुन्छ
पटक पटक बयान लिन्छौ फायल खडाहुन्छ
बनजंगल बचायौ भन्या सुनकाे गडाहुन्छ।।।

१०)माघ फागुन दै असार सम्म हाेसियारी हुनु
बन बिनास देखेकिबेला सबैकाे मन रुनु
रुखराेपौ बनजंगल पालौ सबकाे अात्मा छुनु।।।