रुदाेमन चिरिदाे छाति सम्झिल्याय बेला ” सृष्टि बचाउने नारी किन गर्छौ हेला

सुर्खेत : नारीको भुमिकालाई हामी काेहि कसैले पनि व्याख्या गर्न मिल्ने छैन । जति बेला देखि मानव उत्पति भयाे त्यति बेला देखिनै अहम भुमिका खेल्दै आयकाे ईतिहास जिबित छ। तर नारि का व्यथा,कथा मेटिएका छैनन् ।

रुदाेमन चिरिदाे छाति सम्झिल्याय बेला
सृष्टि बचाउने नारी किन गर्छौ हेला । 

 

१)सुन्ने सबै बुझ्ने काेहिनाई नारिका बेदना
नारी कन हेला गर्छन् जान्ने सबै जना
जान्नेले गरेका हुन्छन् छुट्टै तनामना ।।।

२)रुदाेमन चिरिदाे छाति सम्झिल्याय बेला
सृष्टि बचाउने नारी किन गर्छौ हेला
नारी बाट चेलि हुन्छन् नारी बाटै चेला ।।।

३)नारी नभई संसार छैन घर पनि बन्दैन
नारी कन दु:ख भया काेहि पनि भन्दैन
नारी बाट टाढा हुने संसारमा काेहि छैन ।।।

४)घर र देश उज्यालो पार्न अनिवार्य नारी
सुख कहिल्यै पायाकि नाई दु:ख मात्रई भारि
हस्तक्षेपमा जागिर खान्छन् महिला कर्मचारी ।।।

५)वडा र पालिका प्रदेश संघ मा नारी चाहिने
भागबन्डा भयाका बेला अधिकार नपाईने
संविधान सम्झेका बेला भित्र मुटु खाईने।।।

६)चुलाेमा पाक्दैन खाना नारी नभैकन
फिरिकाे जिन्दगी छैन पुरुषका जन
ज्या काम अब्जसै पाईदाे सबै नारी कन।।।

७)समझ्या बेला दिक्क लाग्दाे याे जुनि पाईकन
समस्या काे खानि भईयाे धर्तिमा आईकन
छाेरी लाई केहि पनि छैन अंश छ भाईकन।।।

८)कहिल्यै पनि सन्ताेस छैन राेयकै छ मन
सुख शान्ति छैन भन्या क्या चाहिन्या छै धन
जहिले पनि वचन खानु हामी नारि कन।।।

९)अब नारि कमजाेर छैनौ हस्तक्षेप मान्दैनौं
अधिकार कानुनले दिन्छ अरुकेहि जान्दैनौ
हक सबैकाे बराबरि काेहि ठुलाे ठान्दैनौ।।।

१०)राष्ट पनि चलाई दिन्छौं आई परेका बेला
मानवकाे अधिकार एकै काेहि नठान्नु हेला
कम्जोर ठान्ने परिजान्छन् कानुनका फेला।।।

११)कानुन काे पालना गरौ संकृति जगाउन
यी दुबैकाे ठुलै खाँचाे बिथिति भगाउन
खेतकाे रक्षा हुनुपर्छ नौलाे बीउ लगाउन।।।

 

भानुप्रभात पाण्डे 

खाँँडाचक्र नगरपालिका- ३ ताडि ,कालिकाेट