
सुर्खेत / जिल्लाकाे सिरान पुर्बमा रहेकाे चिङ्गाड गाउपालिका वडा नः ५ अन्तरगत पर्ने अवलचिङ बस्तिकाे लामाे ईतिहाँस फरक पहिचान बाेकेर अायकाे बस्ति राना परिवार मा जन्मिनु भयका भैरब मा बि का शिक्षक श्रि जगतजंग रानाका अनुसार याे बस्तिकाे सानाे एक झलक देउडा गित बाट हजुर समक्ष ल्यायका छौ बाँकि गित बाटै”

१)गाउँपालिका चिङ्गाड पर्याे वडा नः पाँच
गाउँपालिका हुने बिकास अहिले सम्म काँछ
बस्तिहरु सर्नथाले सुख शान्ति जाँछ।।।
२)अन्दाजि आठसय बर्ष हाम्रो बस्ति भयाे
जनताले साेचेका जस्ताे अहिले मनमा रयाे
अर्को सरकार आयाकाे छ पहिलाे सरकार गयाे।।।
३) काँडा जाेगाड पन्चायत थियाे जिल्ला हाे दैलेख
दुई हजार बत्तिस सालमा सुर्खेत भई एक
सुर्खेतकाे लेखै भयाे दैलेख काे ठेक।।।
४) सुर्खेतमा अवलचिङ्ग पन्चायत फेरि नाम राखियाे
अवलचिङग गा.बि.स.भयाे पन्चायत दै थाकियाे
बहुदलदेखि बिकासकाे नाउ एक स्कुल राखियाे।।।
५)पचास साठी घरधुरी छन् थाेरै छन् जागिरी
चिङ्गाड गाउँपालिका बन्याे नाम फेरियाे फिरी
भैरबि देवता मान्छन् माना मुठि तिरी।।।
६)रुप्से भयाँर ,रिठे भयाँर पृर्ति पनि मान्छौँ
जान्दैनौ पुराना कुरा अलि अलि जान्छौं
उधाेग ब्यापार जागिर छैन कृर्षि गरि खान्छौँ ।।।
७)भैरब मा बि चलेकाे छ पढाईन्छ लेखाईन्छ
बुढापाका साेधपुछ गरि ईतिहास देखाईन्छ
कृषि र भेटनरी दुबै जे.टि.य.टेकाईन्छ।।।
८)यस गाउँमा प्रा वि चार छन् प्राबिधिक दुई छन्
ब्यबस्था फेरिदै गयाे हाम्रा दुःख उहीँ छन्
गाउँमा चलन हटेकाे नाई घर मालिकनि छुईछन्।।।
९)सुर्खेत, दैलेख सिमना हुदै गाउँमा जाने गाडि
पानी छैन सिचाई हुन्न बाँझा छन खेत बाडि
कहिले कहिले मनमा आउछ बाईजाउँकि गाउँछाडि।।।
१०)आँप फल्छन् कागति फल्छन् नास्पतिका रुखछन्
सरकारले देखेकाे छैन हाम्रा कति दुःख छन्
सुर्खेत दै आयाका गाडि पाँच घण्टामा पुग्छन् ।।।
११)पुलिस चौकि एउटा स्वास्थ्य भवन बनेका छन्
गाउँपालीका खाेला लिने अहिले भनेका छन
आकासे पानिका भर वारि खनेका छन।।।
चिङ्गाड गाउपालिका
सुर्खेत , अवलचिङ वडा नः ५
कर्णलि प्रदेश नेपाली


कर्णाली देउडा । ३० बैशाख २०८०, शनिबार ०९:४२