
कालिकोट, नेपाली काँग्रेसका जिल्ला उप सभापति नन्द बहादुर शाही यती खेर जनता संग भेटघाट कार्यक्रममा ब्यस्त भएका छन् जनताको घर दैलोमा पुगेको र जनता संग भेटघाट कार्यक्रमलाई तिब्रता दिएको बताईएको छ ।
शुभकालिका गाउँपालिकामा आज एक कार्यक्रमका विच वडा नम्बर १ देखि ८ नम्बर वडा मा निरन्तर जनताको घरदैलोमा जाने उप सभापती नन्द बहादुर शाही घमनले बताउनु भएको छ । यो भन्दा पहिले आफू केही दिन जिल्ला केन्द्रित भएको र अब गाउँ केन्द्रित हुने समेत बताउनुभयो ।
शुभकालिका गाउँपालिका वडा नम्बरं ४ स्थित सुनार गाउँमा एक कार्यक्रमका विच जनता संग भेटघाट गरि भला कुसालि गर्दै दुखी ,असाय निमुखा , समुदायको मुहारमा खुसि पुराउनको निम्ति सक्रिय भएर लागी रहेको समेत बताउनु भएको छ। साथै आफूलाई जनता संग भेटघाट गर्ने क्रममा आफुलाई राम्रो सुझाव मिलेकोे समेत शाहीले जानकारी दिनु भएको छ ।


कर्णाली देउडा । ७ मंसिर २०८०, बिहीबार १९:०८