
सुर्खेत / नेपालमा ठुलो सुरक्षाकोे घेरा भित्र रहेका राजपरिवारको घटना घटेको २२ बर्ष पूरा भयको छ। २०५८ साल जेष्ठ १९ गतेको दिन नेपाल र नेपालीहरुका लागि कालो दिन पनि मानिन्छ ।
जेष्ठ १९ गतेको दिनलाई कालो दिनको संकेत दिएपनि यस घटना रहस्यमय भन्नेमा कोहि पनि बाँकी छैन्नन तर यस घटनाको छानबिन समिति पनि गठन गरियो तल्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले घटनाको छानबिन सरकार बाटै हुन्छ भन्दा पनि अहिले सम्म कुनै अत्तोपत्तो गरेका छैन्न । राजनैतिक सहमतिमा तल्कालिन ने क पा एमाले पार्टीका महासचिव माधब कुमार नेपालको नेतृत्वमा छानबिन समिति गठन गरियो यस समितिले पर्तिवेदन बुझायो तर पनि घटनाको तथ्य कुरा खुलेन यस भयानक घटना बिस्तारै बिस्तारै सेलाउदै गयो । तत्कालीन राजा बिरेद्र शाहाका माईला भाई ज्ञानेन्द्र शाहा श्रीपेच लगायर गद्दीमा बस्नु भयो उहाँले राजदरबार समालेको केही समयमा उहाँका भाई धिरेन्द्र शाहा लगायतको टोलि रारातालमा खसालियो यस्तो दर्दनाक घटना आजका दिन सम्मपनि झुट्टा भ्रम छरेर दिपेन्द्रले गोलि चलायका थिय भनी दिपेन्द्रको लास माथि दोष थुपारियो तर युवराज दिपेन्द्र पनि जिबित थियनन् । जिबितको भ्रम छरेर २३ घण्टा राजा पनि बनाईयो यसरी सारा नेपाली जन्ताको आँखामा छारो हालेर देशका ठुलाबढाले सासन गर्दै आय पछिल्लो समयमा गणतन्त्रको घोषणा भयो गणतन्त्रको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बने । सय घटनाको सत्तेतथ्य छानबिन गरिन्छ दोशीलाई कार्वाहि गरिन्छ नेपालमा घटेका ठुलठुला घटनाको पुरै छानबिन गर्ने भनिय तर केही सुरु भयन ।
हामी गाई , बाख्रा ,कुखुरा ,कुकुर ,भैंसी जस्ता पशुपन्छि मारेमा त जरिवाना तिर्नुपर्ने हुन्छ । यदि नतिरेमा आन्दोलन सडक बन्द चक्काजाम गर्ने प्रसासनमा निबेदन क्षतिपूर्ति भराई दोषिलाई कडा कार्बाहि गरिपाउ भनिन्छ । नेपालकका ठुला बढाहरुलाई धनपैसा आफ्नो मान मरेदा भय पुग्दो रहेछ आखिर आफ्ना आफन्त बाट पहल भयन भने तै चुप मै चुप हुदा रहेछन् ।आज सांसदहरु संसद्मा बाल्दै गर्दा राजा बिरेन्द्र र नेता मदनको बारेमा कसैले पनि बोलेको देखिदैन। यो देश दाई भाई श्रीमान श्रीमती छोरा भतिजा मार्ने को राज चल्ने देश हो ।
अरु देउडा गित बाट ।
१। खोज तलास केही पनि छैन राजालाई मारियो
दिपेन्द्र आफुनै मरे दोस किन सारियो
कोहि काठमाडौ कोहि रारा तालमा अल्पत्र पारियो ।।।
२। बिरेन्द्र लाई नजलाउदै दिपेन्द्र सारीयो
नाराहिटी दरबारमा कसरी मारीयो
दिपेन्द्रले मार्यो भनी भ्रममा पारियो।।।
३। भाईकन केही पीडा छैन आफ्नो दाई मारेको
जिउदाले जिउदालाई मारि लासकन सारेको
दोषिेकन सराप लाग्छ यी आँसु झारेको।।।
४। दरबार घटना भयो अन्ठाउन्न साल
दाईमारी भाइ राजा हुन्या कस्का हुन्ना जाल
दोषिहरु कोहि नराखि छिटै लैजा काल।।।
५। घरको चोर लागेन भन्या बाहिरको आउदैन
ठुलाकन छुटकरा छ जन्ता छुट पाउदैन
चोरको ठुलो स्वर हुन्छ आफुको राउदैन।।।
६। लास बाहिर निकाल्ने बेला भित्र श्रीपेज लाउने
कानुनको पहुजमा जान मनमै नआउने
यो कुरा बोल्दैनन् किन पछिपछि धाउने।।
७। बिरेन्द्रको हत्या गरे देश बनाया मूल्या
अरुले कराया मात्र माईला भाइ ढुल्या
ज्ञाने शाहा राजा भया श्रीपेजमा भुल्या।।
भानुप्रभात पाण्डे
खाँडाचक्र नगरपालीका वडा न.३
कालिकाेट


कर्णाली देउडा । २० जेष्ठ २०८०, शनिबार १२:३५