
कालिकोट, जिल्लाको शुभकालिका गाउँपालिका द्ववारा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा वृक्षारोपण गरिएको छ । नेपालमा राष्ट्रिय प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते यो दिवस मनाइन्छ ।
सोही अवसरमा आज एक कार्यक्रमका बिच गाउँपालिका आसपास क्षेत्रमा वृक्षारोपण गरिएको छ । शुभकालिका गाउँपालिकाका अध्यक्ष गोबिन्द प्रशाद आचार्यको सभा अध्यक्षता र निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर शाही कार्यपालिका सदस्य बी पी बिश्वक्रर्मा राजनीतिक दल, स्थानीय नागरिक र शुभकालिका गाउँपालिका स्तरीय बालसन्जालका बालबालिकाको सहभागीतामा उक्त वृक्षारोपण गरियको थियो ।
रुख रोपाै हरियाली बानाउँ भन्ने उदश्यले,७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाई वृक्षारोपण गरिएको छ । उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोबिन्द प्रशाद आचार्यले भन्नू भयो । २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको हो । अब ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ पायो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो ।
शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङी नियमित छ । गाउँपालिका अध्यक्ष आचार्यले भन्नु भयो ।


कर्णाली देउडा । ७ फाल्गुन २०८०, सोमबार १९:१०