
सुर्खेत / मानव बिकसित भय देखि नै देउडा खेलकाे सुरुवा भयकाे गाउँ ससाजका बुढापाकाहरु बाट ईतिहास बुझिन्छ ।मानवकाे बिकास संग सँगै भेटघाट सुख दुःख साटासाटकाे माध्याम हुनपुगेकाे देउडाले विभिन्न समय र परिबेशमा विभिन्न शिर्षक सिर्जना गरि झाेडा,चुट्किला,धमार्सि,असारे गित ,मागल,कहाँनि ,अयालि ,हुट्केउलि,दुलालले ठाडिभाका,न्याउले,धार्मिक गित,आरति,लगायतका शब्द -शब्द बाट हुँदै अन्तिम चरणमा मनाेरन्जन र आनन्द रमाइलोका लागि बन्झारी नामा करण गरेर कडा सवाल जबाफ हुने भयकाे साथै ईतिहास ,भुगाेल,कसैकाे जिबनि कथा बन, पशु ,खेलाे व्यापार ,जागिरी ,शिक्षा ,ठालु,मुखिया देबिदेबता,धामीझाँक्री ,लगायत राम्रा नराम्रा कामकाे नाममा शब्द जुटायर गितमा ढालेर लयहालेर गाईने गरीएकाे ईतिहाँस तथ्य भेटिन्छ । त्यतिबेला शुभकार्यमा गाईने एक एक टुक्का बाट झल्कायकाे एक झलक बाँकी गितबाट।।।
१)प्रर्गालाे महादेब कन एक घुम्चाे माईकन
मनसाेच्याकाे पूरा हाेईजाउ मालिका आईकन
मालिका आई घर फर्केअौ आज बिन्तिलाईकन।।
२)आईजा गाेसाई मष्ठादेव बाघका घाेडाचडि
तुलाजाेखौ पाथाभरौ कैखाे माया बडि
एकचाेटि घुट्किजा पन काँ छै मैना चडि।।।
३)बालक जन्मेका घर सुन चादि भरियाे
लड्किजा तालका माछा सौराईले मरियाे
नौनाडि बहत्तर काेठा मायाले भरीयाे।।।
४)राजाकाे बर्यात अायो ईगुल सार्याे डाेला
ब्रतबन्ध गर्नेबेला भिक्षा माग्ने झाेला
बाेलिजा माेरेली चडा जसाे हाेला हाेला।।।
५)कति राम्रा नौलाघर कति छन् घुट्किला
मुझेला मुझेलि खाेपा देहेला खुट्किला
ओडि ढुंगेओडि बाचन यहि भन्छन् चुट्किला।।।
६)छुपुछुपु राेपिल्यायौ सिउति सेेराअह
जन्त र बर्यात लनग्यई मोतिउ मेराअह
मार्सिधान झुलायई हैके साईका सेराअ।।।
७)हटेउरु भात पकाई खाँदा कर्णालीका छाल
नुन ल्यउन कपडा ल्याउन जान लाग्यौ माल
बाटौदाे अप्ठाराे हाेला सामल तुमल हाल।।।
८) जाँ छाेरी बाईजानु पराई घर बाईजा
खान लाउन दुख भया लिन माईत आईजा
भाेलि छाेरी बाईजाने छई आजकाे दिन खिर खाईजा।।।
९) साेबन्नका थाल मनि भाउलाई खिर खुवाईछ
चादिकाे थाल सुनकाे चिम्चा क्याराम्रो सुवाईछ
भाउले खिर खायाका थाल भोलिअई धुवाईछ।।।
१०) आज बालाका केश कटाईछ काँसाका थालमनि
छुराले काटिन्छ कापाल आईजा भाउअ भनि
भदयाकाे कपाल काट्दा फूपू रुवा गनि।।।
११) ओसर ओसर भनि खन्छन् खेवार गर्नेदिन
आज काे नओर्सि दिया काम सकिन्या छिन
भकारि भान तान्याबेला काेहि बाेल्दैनन् किन।।।
भानुप्रभात पाण्डे
खा.न.पा.३ ताडि कालिकाेट


कर्णाली देउडा । ४ जेष्ठ २०८०, बिहीबार १८:४१