दिनेश स्मृति कप, धर्म राज स्मृति प्रतिष्ठान लाई

छत्र रोका मगर “धमका “कालिकोट ।
कालिकोट, जिल्लाको शुभकालिका गाउँ पालिका हाउडी मा सञ्चालन भएको दिनेश स्मृति कप तथा साँस्कृतिक महोत्सव सोमबार सम्मपन्न भएको छ । “राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागि खेलबुद ” भन्ने मुल नाराका साथ दिनेश शाहीको सम्झनामा २४गते देखी २७ गते सम्म सुरु भएको खेलमा धर्म राज स्मृति प्रतिठान नरहरी नाथ गाउँपालिकाले प्रथम स्थान हाँसिल गरेको छ । कार्यक्रमका भलिबल खेलनका लागी ६ ओटा टिमको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा नेपाली काँग्रस कालिकोट जिल्ला उपसभापति नन्द बहादुर शाही को प्रमुख अतिथि र नेकपा एमाले कणाली प्रदेश कमिटी सदस्य कृष्ण प्रशाद आचार्यको अतिथि र दिनेश स्मृति प्रतिठान शुभकालिकका ६ का अध्यक्ष कमल शाहीको सभाअध्यक्ष र शुभकालिका गाउँपालिकाकि उपाअध्यक्ष धर्मकला शाहीको बिशेष अतिथि मा कार्यक्रम सम्मपन्न भएको छ ।

कार्यक्रमा बोल्दै गाउँपालिकाकी उपाअध्यक्ष शाहीले अब आगामी  दिनमा दिनेश शाहीको सम्झनामा शुभकालिका सरकारले निरन्त कार्यक्रम गर्ने र फिल्ड लाई फराकिलो पार्ने बताउनु भएको छ । उक्त कार्यक्रमा प्रथम पुरुस्कार रासी ,एक लाख ५५,०००,पाँच सय ५५ रुपैया र द्धितिय पुरुस्कार रासि ७७,००० हजार ७००सय ७७ पैसा रहेको आयोजकले बताएको थियो । कार्यक्रमा प्रथम परुस्कार हस्तान्तरण गदै दिनेश स्मृति प्रतिठानका अध्यक्ष कमल शाहीले भन्नु भयो ।

कार्यक्रममा सहयोग गर्नुहुनेसम्पर्ण लाई धन्यवाद । र आगामी दिनमा दिनेश स्मृति कप तथा साँस्कृतिक महोत्सव निरन्तर लाग्ने जान्कारीदिनु भएको छ । कार्यक्रम मा चर्चित देउडा खेलाउडी बिपना भण्डारी ,पुस्प राज आचार्य लगाएत स्थानिय नागरीक हरुको बाग्लो उपस्थीति रहेको थियो ।