
कालिकोट जिल्लाकाे पलाताँ गाउँपालिका मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
सोमबार गाउँपालिकाको राडुनेटाबाट थिर्पु आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पलाँता गाउँपालिका-१ का बृद्व ६५ वर्षका का शिवचन्द न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो ।पलाँताको राडुनेटाबाट थिर्पु जाने क्रममा बाटाेमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा घाइते भएका अर्का एकजना स्थानीयको पलाँता अस्पतालमा उपचार भइ प्रदेश अस्पताल सुर्खेत मा रिफर गरि उपचार भई रहेको छ ।


कर्णाली देउडा । १३ कार्तिक २०८०, सोमबार १८:४४