नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र ) को समिक्षा बैठक सम्पन्न |

  1. नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र ) कालिकाट ले अभियानको समिक्षा सम्पन्न गरेको छ । भदौ १६ गते देशै भरि एकैसाथ भर्चुअल बाट उद्घाटन गरिएको ३ महिने अभियान को अन्तिम समिक्षा गरेको छ । समिक्षा बैठक को अध्यक्षता लक्ष्मी चौलागाई ( सैलेन्द्र) ले गर्नु भएको थियो । पार्टीका केन्द्रिय सदस्य तथा कालिकाट जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत को प्रमुख अतिथ्यमा र पार्टीका अन्य केन्द्रिय सदस्य तथा बैठका अथितिमा लक्ष्मि कन्य बुढाको  उपस्थिति रहेको थियो । बैठकमा जिल्लाका नौं वटा स्थानिय तह पार्टी समितिका अध्यक्ष तथा सचिवहरू र स्थानिय तह दल का नेता तथा उपनेता र जनवर्गिय संगठनका जिल्ला अध्यक्ष हरु वाट अभियानको रिपोर्टीङ गर्ने काम भएको थिए । पार्टी केन्द्रिय समितिको सर्कुलर बाचन गर्दै जिल्ला पार्टी समन्वय समिति का सचिव तथा पचालभरना सरकार प्रमुख ले आफ्नो सरकारको रिपोर्ट पेश गर्नु भयो । अभियानका क्रममा भएगरेका काम र उठेका विषयमा पार्टी कर्णाली प्रदेश समिति सचिव धनजित बहादुर शाही, केन्द्रीय समिति सदस्य लक्ष्मि कन्य बुढा र पार्टी केन्द्रिय समिति सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर  बस्नेत वाट छलफल गरिएको थियो । अन्तमा पार्टी जिल्ला समिति संयोजक तथा बैठकका अध्यक्ष क. सैलेन्द्र बाट बैठकको समापन गरियो ।