
२५ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो ।
विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।
यसअघि यही वैशाख ६ गते संवैधानिक परिषद्को बैठक बसेको थियो । सो बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे सामान्य छलफल भए पनि निर्णय भएको थिएन ।
सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गरेपछि बैठक बस्न सकेको थिएन ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश रहने व्यवस्था छ ।


कर्णाली देउडा । २५ बैशाख २०८०, सोमबार १०:०३