उपाध्यक्ष शाही द्ववारा निर्माणाधीन सेरी पान्तडी सडककाे अनुगमन

कालिकोट, जिल्ला शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले निर्माणाधीन सेरी पान्तडी सडकको अनुगमन गर्नुभएको छ । शुभकालिका गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितका संयोजक धर्मकला शाहीले गुणस्तरीय सडक निर्माणमा सबैले चाँसो राख्नुपर्ने बताउनुभयो ।

जिल्लाको समुन्नतिका लागि यो सडक एकदमै महत्वपूर्ण भएको हुँदा यो निर्माणधीन सडकलाई आगामी दिनमा छिटोछिटो काम सक्नको लागी ठेक्का पाएको कम्पनीलाई निर्देशन समेत दिनुभएको छ ।

यसलाई धार्मिक र पर्यटकीय मार्गका रूपमा लिन सकिने समेत उहाँले बताउनुभयो । उक्त अनुगमनमा पुर्वाधार समिति अध्यक्ष तथा वडा न ५ का संयाेजक मिम बहादुर शाही, वडा न ५ का सदस्य जनक बहादुर शाही, ठेक्कादार अजुन गौतम,पत्रकार महासंघका जिल्ला शाखा कालिकोटका सचिव खडानन्द अधिकारी, हस्त चौलागाई,किरण अधिकारी तथा स्थानीय नगरिकहरुको उपस्थिती रहेको थियो ।