दिर्घ बहादुर शाही” कवि ‘का मुक्तक ,गजल

मुक्तक
माटो संग खेल्दा जीवन पत्थर भैसक्यो
सबैभन्दा मिठो नसा अत्तर भैसक्यो
सुखो खर भइ बलि जाने बैंस भएपछि
हिंग राखिने मखमली खद्वर भैसक्यो

 

गजल
जुनिभर याद आउँछ माया हुन्छ
चर्को घाम छर प्यारो छाया हुन्छ

यो छाती पत्थरले बनेको होइन
फुट्यो भनेपछि छियाछिया हुन्छ

नचलाउ मन भित्रको करौती
धोएर पखालिदैन जिउ खिया हुन्छ

समाली राख जिन्दगीको हरियो डाली
सुक्यो भने पनि दायाँबायाँ हुन्छ