बिमा बापत साढे चार लाख बढी रकम हस्तान्तरण

कालिकोट जिल्लाको रास्कोट नगर पालिकामा घर बिमा दावि रकम मार्फत चेक हस्तान्तरण गरिएको छ । राकोट नगर पालिका र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बिच भएको सम्झौता अनुसार रास्कोट नगर पालिका वडा नं ५ का तीन जनालाई उक्त रकम दिइएको छ ।

उक्त रकम वडा नं ५ का वडा अध्यक्ष मन तिरुवाले चेक रकम हस्तान्तरण गर्नु भएको छ । राहात पाउदा तिनैजना खुसी भएको वडा अध्यक्ष तिरुवाले बताउनु भएको छ । आगामी दिनमा यस्तै खालका राहत कार्यक्रम बिपतको बेला जतिबेला पनि उपलब्ध गराउने बताउनु भएको छ ।

राहत पाउनेमा रास्कोट ५ का रिठु सुनार लाई एक लाख ३६ हजार आठ सय २४ रुपैया ३९ पैसा र ददि दमाईलाई रु एक लाख ७२ हजार २० रुपैया ९७ पैसा र रास्कोकै अर्कि रिठु सुनार लाई एक लाख ६ हजार आठ सय २४ पैसा हस्तान्तरण गरीएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड का मार्केटिङ डिपाट्मेन्ट गोविन्द्र बहादुर शाहीले बताउनु भएको छ ।