
सुर्खेत / कर्णालि प्रदेश भुगाेल र जनसंख्या समसामहिक देउडा गित बाट
१)कर्णाली प्रदेशकाे मुख्य सुर्खेेत राजधानि
दश जिल्लामा खाेला नाला बगेकाे छ पानी
आराम लिन सुर्खेतमा आउथ्य राजा रानी।।।
२)सुर्खेत, दैलेख,पश्चिम रुकुम,सल्यान, जाजरकोट
हुम्ला,जुम्ला,मुगू ,डाेल्पा ,बिचमा कालिकोट
डाँफे ,न्याउलि रिगेका छन् गुराँसका बाेट।।।
३)जम्मा जम्मि उनासि छन प्रदेशमा पालिका
साउन एक गते देउडा दिबस भदौमा मालिका
हुम्ला जिल्ला गाडि जादैनन् जालभया जालिका।।
४)सात सय अठार वडा पुरै प्रदेश भरि
काला काफल पाकेका छन् बास्छन् न्याउलि चरि
पचालझर्ना रारा ताल छ प्रदेश स्वर्ग सरी।।।
५)साेह्र लाख जनसंख्या दुई लाख छन् घरधुरी
देउडा लाई संरक्षण गरौ बिदेश मा नसुरी
कसैका काम सफल छैनन् समय नजुरी।।।
६)शे-फाेक्साेन्डाे पचालझरना मुगू रारा ताल
कर्णालीकाे बिकास गरौ ताेडौ अब जाल
सातै प्रदेश हेर्दाखेरि हाम्रो प्रदेश माल।।।
७)दैलेख ज्वालामुखि जुम्ला ताता पानी
ईतिहाँस बिर्सिनु हुन्न आफ्फै जानि जानि
हिड्ने बाटाे बिर्सि हाल्ने छाेडौ अब बानि।।।
८)ठौर ठौर पन्च देवल दैलेख राम्रो गडि
कुपिण्डे ताल सल्यान पर्छ कपुरकाेदै बडि
केहि समय राज्य बच्याे शाहासंग लडि।।।
९)कर्णाली काे शब्यतालाई सबै लागि जगाउँ
लुटपाट गर्ने चाेरी खाने स्वार्थि कन भगाउँ
पुरानाकाे रक्षा गरौ नयाँ खेति लगाउँ।।।
१०)सबै संसार हेरिकन मन ठाेकि बस्नु छ
ईतिहाँसका पाना हेर्छौ दुला काँ पस्नु छ
यस्तै आर्थिक मन्दि भया तेल काँदै घस्नु छ ।।।
भानुप्रभत पाण्डे
खाँडाचक्र नगरपालि- ३-ताडि कालिकोट
कर्णाली प्रदेश नेपाल


कर्णाली देउडा । ३१ बैशाख २०८०, आईतवार १७:०३