
सुर्खेत / राजनीतिक कम्युनिस्ष्ट नेता मदन भण्डारी र जीवराज अाश्रित लाई अाजभन्दा ३० बर्ष पहिला षड्यन्त्र मुलक जालजेल गरि उहाँ दुबै जनालाई यो संसारबाट नफर्किने गरि बिदाई भयकाे आज जेष्ठ ३ गते कालो दिन उहाँ दुवै नेता ज्यु पर्ति श्रद्धा सुमन सहित बाँकि देउडा गित बाट सम्झनाकाे एकझलक।।।
१)हार्दिक श्रद्धाञ्जली दिन्छौ मृतक नेता कन
मदन भण्डारी लाई सम्झि राेयकै छ मन
सारा जनता भयका छन् मुल्या पढ्या जन।।।
२) दुई हजार पँचास साल तीन गते हाे जेठ
काे दुश्मनले खाेलि दियाे एमराजकाे गेट
ईमान्दारी नेता संग काँ हुन्या हाे भेट।।।
३)कम्युनिसष्ट आन्दोलनका हुनार कुशल नेता
तिर्सुलिमा काेले भन्याे नेता आउँछ त्यता
काे चाेरले षड्यन्त्र गर्याे नेता मार्ने बेथा।।।
४)देशका राम्रा नेताकन डाँकाले मार्दिया
गाडिगयाे तिर्सुलिमा अम्मरलाई सार्दिया
अम्मर लामा ड्राइभर लाई बेपत्ता पार्दिया।।।
५)भण्डारी काे लास जलाय सारा जन्ता रुदै
घटना बिलाउदै गयाे छानबिन नै नहुदै
ज्यान माराकाे रक्षा गर्ने कानुन भयाे खुबै।।।
६)रानाे मरे मौरीहरु अलपत्र हुन्छन्
सम्झनछन् भण्डारी कन सारा जन्ता रुन्छन्
जननेता भण्डारी ले कतिकाे मन छुन्छन्।।।
७)भण्डारी काे अन्त्य भयाे चाेरकाे राज भयाे
ठुलठुला घटना घट्दा देशैकाे लाज भयाे
सच्चा मर्ने कच्चा बाच्ने बाहिर सन्देश गयाे।।।
८)देशका ठुला घटनामा कानुन चुपचाप लाग्याे
जेलमा हुन्या अम्मर लामा आजभाेलि काँभाग्याे
भण्डारी मरेर गय कम्युनिस्ट काे जाग्याे।।।
९)देशि हुन्कि बिदेशि हुन् जालि त जालि हुन्
दुश्मुनले दुश्साहास गर्याे कम्युनिसष्ट खालिहुन्
भण्डारी काे हत्या गर्ने आजकालका माली हुन्।।।
भानुप्रभात पाण्डे
खा.न.पा.३-ताडी कालिकोट


कर्णाली देउडा । ३ जेष्ठ २०८०, बुधबार १७:५४